मंगलबार, २५ वैशाख २०८१

दोस्रोपल्ट पुन: आज विवाह गर्दै प्रियंका आयुष्मान, बेहुलीझैं सिंगारियो मण्डप (फोटोफिचर)

समयपोष्ट २०७६ फागुन १६ गते १६:३५

Advertisement

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीबीच शुक्रबार सामाजिक परम्पराअनुसार विवाह हुँदैछ ।

बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी विवाह गरेका उनीहरुबीच शुक्रबार सामाजिक परम्पराअनुसार विवाह हुन लागेको हो । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले अब वैवाहिक सम्बन्ध कायम राख्न शुक्रबार लगनगाँठो कस्न लागेका हुन् ।

Advertisement

उनीहरुको वैवाहिक कार्यक्रम बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुँदैछ । प्रियंका र आयुष्मानको वैवाहिक कार्यक्रमको लागि पार्क भिलेज रिसोर्टमा बनाइएको मण्डपलाई बेहुलीझैं सिंगारिएको छ । पार्क भिलेजको द्वारदेखि वैवाहिक कार्यक्रम हुने स्थान तथा मण्डपलाई आकर्षक बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री