
नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभा चैत २८ र २९ गते निर्णय गरेको छ। आइतबार महासंघको कार्यलय टेकुमा बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति घोषणा गरेको हो।
कार्यसमितिले महासंघको साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको छ। कार्यसमितिले प्रदेशको निर्वाचन केन्द्रको भइसकेपछि गर्ने निर्णय भएको छ। प्रदेशको निर्वाचन नभएकोले केन्द्रको निर्वाचन नगराउन भन्दै महासंघमा केही दिन अघि उजुरी परेको थियो। महासंघको विधानमा केन्द्रको निर्वाचन गर्नु दुई महिना अघि प्रदेशको निर्वाचन हुनुपर्ने प्रावधान छ।
यो साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्यहरुको निर्वाचन हुनेछ। वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ, त्यसैले अध्यक्षमा निर्वाचन हुने छैन। वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा चैत मसान्तपछि स्वत: अध्यक्ष हुनेछन्। तर वरिष्ठ उपाध्यक्ष, जिल्ला/नगर उपाध्यक्ष, एशोसियट उपाध्यक्ष र वस्तुगत उपाध्यक्षसहित कार्यसमिति सदस्यमा निर्वाचन हुनेछ।
यो पदका लागि एफएनसिसीआईमा दुई खेमा बनिसकेको छ। वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितको एउटा प्यानल निर्वाचनमा होमिदैछ भने अर्कोतर्फ किशोर प्रधानसहितको प्यानलनै बनिसकेको छ।







प्रतिक्रिया