
एस एस इभेन्टस् प्रा. लि. द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भए र उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे ।
उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । खेलाडीहरुलाई हौसला दिनका लागि बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेत खेल मैदानमा नै पुग्नु भएको थियो ।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ए बि बि एस,इन्टर्नेट बैंकिंग,मोवाईल बैंकिंग भि फाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।









प्रतिक्रिया