शनिबार, १५ वैशाख २०८१

सशस्त्र द्वन्द्वमा जलेका पुर्जा वितरण

समयपोष्ट २०७६ फागुन १ गते १४:०५

Advertisement

अशोक खनाल

अर्घाखाँची जिल्लाका ६ वटा पालिकाका २६ वटा वडामा लालपुर्जा बितरण गरिएको छ । जिल्लाको सन्धीखर्क नगरपालिका वडा न.४ मा एक कार्यक्रमको आयोजना गरि नापी कार्यलयले डिजिटल माध्यमबाट नापनक्सा गरि लालपुर्जा वितरण गरेको हो । २२ वटा वडामा धमाधम काम भइरहेको र बाँकी १३ वटा वडामा २०७७ आषाढ मसन्तपछि शुरु गरिने विशेष नापी कार्यलयका प्रमुख खिम बहादुर रानाले जानकारी दिए ।

कुल ४०२४ कित्ता रहेको उक्त वडामा ३०७७ कित्ताहरु आबादी र १९८ किता हरु सार्बजनिकमा दर्ता गरिएको छ भने बाँकी ९४७ कित्ता हरु दर्ता गर्न बाँकी रहेका छन् । कुल ११८४ हेक्टर क्षेत्रफल मा रहेको उक्त वडा मा ४१० हेक्टर क्षेत्रफल जङ्गल र ७७४ क्षेत्रफल आबादी रहेको छ।

२०५२ साल देखि नेकपा माओवादीले चलाएको शशस्त्र द्वन्द्वका बेला जिल्लाका सरकारी तथा गैरसरकारी कार्यलयहरु पुर्ण रुपमा ध्वस्त भएका थिए । जसकारण कार्यलयमा भएका सम्पुर्ण कागजातहरु नष्ट भएका थिए । जग्गाको नक्सा र लालपुर्जा नभएका कारण स्थानियलाई वित्तिय संस्थाबाट कर्जा लिन समेत समस्या परेको थियो ।

लालपुर्जा बितरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द बहादुर खड्का, प्रदेश सभा सदस्य चेतनारायण आचार्य , निर्मला क्षेत्री ,जिल्ला समन्वय समितिका प्रमुख पिताम्ब्र शर्मा , उप प्रमुख ऋषि बहादुर पुलामी, सन्धीखर्क नगरपालिकाका उप मेहर ठाकुर कुमार बिक.,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल , नापी बिभागकी प्रमुख नापी अधिकृत शान्ती बस्नेत , विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि ,सञ्चारकर्मी तथा स्थानीय हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री