
चीनमा दिन–प्रतिदिन कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ।
भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ। पुगिसकेको छ । चिनियाँ स्वास्थकर्मिहरु घर परिवार नभनी दिनरात कोरोनो भाईरससंग लडिरहेका छन् ।
यसैबीच सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाईरल बनेको छ।
अस्पतालमा कयौं दिनदेखि कोरोनाभाइरस संक्रमित बिरामीको उपचार गर्दै गरेकी नर्स आमा र उनकी छोरीको भेट हुन्छ।
परिवारबाट टाढा चीनको हेनान प्रान्तस्थित फुगोउ कान्टी पिपल्स अस्पतालमा नर्स लुई हैयान कोरोनाभाइरस संक्रमितको उपचार गर्दै आएकी छिन्। उनले आफ्नी नौ वर्षीय छोरी चेङ शिवेनलाई १० दिनदेखि भेट्न पाएकी थिइनन्।
उनकी छोरी हातमा टिफिन बोकेर आमालाई भेट्न गइन्। तर उनले खानेकुरा भएको भाँडो आमाका हातमा थमाउन पाइनन्। न त नर्स आमाले छोरीको कपाल सुम्सुम्याउन सकिन्।
कोरोनाभाइरस सर्ला भन्ने डरले उनीहरूले केही मिटरको दूरी राखेर कुरा गरे।
टाढैबाट छोरीले आमाको धेरै याद आउँने बताउँछिन् । उत्तरमा आमाले सोही प्रकारको जवाफ फर्काउछिन् ।
एकछिनमा उनीहरूले सांकेतिक रूपमा हावामै एकले अर्कालाई अँगालो हाल्छन् ।
छोरीले आमालाई चाडैँ घर फर्कन आग्रह गर्छिन् । जवाफमा आमाले राक्षस जस्तो भाइरसको अन्त्य गरेर मात्रै घर आउने बताइन्।
त्यसपछि छोरीले आफूले ल्याएको टिफिन छेउमा राखिन् र पछाडि सरिन्। आमाटिफिन लिएर फेरि अस्पताल छिरिन्।










प्रतिक्रिया