१० हजार मानिसले ईच्छा मृत्यु माग गरेपछि अप्ठेरोमा सरकार

१० हजार १५६ जनाले सरकारसँग इच्छा मृत्यु माग गरेका छन् । ५५ वर्षमाथि उमेर समुहका नागरिकले सरकारसँग मर्नका लागि आवेदन दिएका हुन् ।

Advertisement

नेदरल्याण्डका स्वस्थ्यमन्त्री तथा डच सांसद ह्यूगो डि जोङ्गले इच्छा मृत्युबारे शुक्रबार संसदमा जानकारी दिए ।

जोङ्गले एक रिपोर्ट पेस गर्दै इच्छा मृत्यु माग्नेमा ५५ वर्षभन्दा माथि उमेर भएका मानिस रहेको बताएका छन् । उनले संसदमा भनेका छन्, ’उनीहरूले आफ्नो जिन्दगी आफै अन्त्य गर्ने बाटो चाहन्छ, तर उनीहरू कुनै विरामी भएर यस्तो निर्यण लिन खोजेका होइनन् ।’

उक्त रिपोर्ट ’ब्यान विजगार्डन कमिशन’ले तयार बनाएको हो । उक्त रिपोर्ट प्रस्तुत गर्दै जोङ्गले जनताको यो निर्यण सरकार तथा समाजका लागि ठूलो मुद्दा भएको तर बेठिक भएको बताएका छन् ।

‘हामी यस सामाजिक मुद्दामा गम्भिर र तर्कसंगत फैसला लिनु पर्ने बेला आएको छ,’ उनले भने, ’केही परिस्थितिवश निराश भएका जनतालाई मद्दत गरी उसलाई जीवन जिउन प्रेरित गर्नु आवश्यक छ, यसका साथै सरकारले ७५ वर्षभन्दा माथिका जनताका लागि इच्छा मृत्यु दिने बारेमा विचार गर्नु पर्दछ ।’

Advertisement

नेदरल्याण्ड सरकारले सन् २००१ देखि इच्छा मृत्युमा रोक लगाएको छ । यसअघि ७५ वर्ष उमेरका मानिसले इच्छा मृत्यु पाउने सम्बन्धी विधेयक पास भएको थियो । जसबाट मानिसले आफ्नो जीवनको अन्त्य गरिमामय तरिकाले गर्न बाटो खुलेको थियो । तर सन् २००१ मा बढीभन्दा बढी मानिसले इच्छा मृत्यु चाहेपछि यो व्यवस्था बन्द गरिएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री