साउदी पुगेका नेपाली कामदारको लागि साउदी सरकारसंग महराले गरे यस्तो माग

सभामुख कृष्णबहादुर महराले साउदी अरेबियाको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेका नेपाली कामदारको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन साउदी सरकारसँग आग्रह गरेका छन् ।

Advertisement

सभामुख महरासँग नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत मुसैद एस अल मारवानीले गरेको शिष्टाचार भेटवार्तामा सभामुख महराले सो आग्रह गरेका हुन् । भेटमा उनले नेपाली कामदारलाई रोजगारीको अवसर जुटाइदिएकामा साउदी अरेबिया सरकारलाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

भेटमा नेपालको संसदीय परम्परा, सङ्घीय संसद्को संरचना, शासन पद्धतिलगायतको जानकारी दिँदै सभामुख महराले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताएका थिए ।

“हामीले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेयिबा संसदीय मैत्री समूह गठन गर्दैछौँ”, उनले भने , “संसदीय मैत्री समूह गठनले दुई देशबीचको संसदीय अनुभव आदानप्रदानका साथै राजनीतिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउँने मैले विश्वास लिएको छु ।”

सो अवसरमा साउदी राजदूत मारवानीले आफ्नो कार्यकालमा साउदी–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री