
मौसममा आएको खराबीका कारण अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सुचारु भएको छ ।
मौसममा सुधार आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण सुचारु भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
आइतबार बिहान काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु लागेकाले भिजिबिलिटी कम भएपछि केही घण्टा विमानस्थलबाट हुने उडान तथा अवतरण अवरुद्ध भएको थियो ।







प्रतिक्रिया