प्रभु बैंकको सीईओमा अशोक शेरचन दोस्रो कार्याकालका लागि पुन: नियुक्त
समयपोष्ट
२०७५ माघ ११ गते १४:२८
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन दोस्रो कार्याकालका लागि पुन: नियुक्त भएका छन् । बैंकको माघ १० गते बसेको १३३औं सञ्चालक समितिको बैठकले शेरचनलाई दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो । शेरचनको कार्यकाल माघ १८ गतेदेखि ४ वर्षको हुने छ । उनी चार बर्षका लागि नियुक्त भएका हुन् ।
उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए। शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ बर्षको बैंकिङ गरेको अनुभव छ।
प्रभु बैंकले ग्राण्ड बैंक एक्विजिसन गरेको एक दिनपछि नै सिइओको जिम्मेवारी शेरचनलाई दिइएको हो। उनी बैंकर्स संघको कार्य समिति सदस्य समेत रहेका छन् ।
प्रतिक्रिया