कुमारी बैंकको नाफा ३२ प्रतिशतले बढ्यो
कुमारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको बित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार बैंकको नाफा ३२.२३ प्रतिशतले नाफा बढेको छ । एनएफआरएस प्रणाली अनुसार ६७ करोड ६२ लाख रुपैयाँ नाफा गरेको बैंकको नियामकिय समायोजन पछिको नाफा भने ६० करोड ३८ लाख रुपैयाँ छ ।
बैंकको व्याज आम्दानीमा ४६.६७ प्रतिशतले बढेर ४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने व्याज खर्च ३७.९३ प्रतिशतले बढेर दुई अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। खुद व्याज आम्दानी एक अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ ।
बैंकले यसवर्ष बरोइङ २४९ प्रतिशतले बढाएर एक अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै निक्षेप संकलन ३० प्रतिशतले बढाउदा ऋण लगानी भने ३९.४३ प्रतिशतले बढाएको छ। पुस सम्ममा बैंकले ७५ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७० अर्ब ७७ करोड रुपैयाँ ऋण विस्तार गरेको छ।
ऋण विस्तार सँगै पूँजी कोष अनुपात १.६७ विन्दुले खुम्चिएर १२.८१ प्रतिशतमा झरेको छ। खराव कर्जामा ०.३९ प्रतिशत विन्दुले केही बढेर १.२२ प्रतिशत छ। आधार व्याजदर ०.३८ विन्दुले बढेर ११.५५ प्रतिशत पुगेको छ। चुक्ता पूँजी बढेसँगै प्रतिशेयर आम्दानीमा भने एक रुपैयाँले मात्रै सुधार भएको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ।
प्रतिक्रिया