यामाहाको नयाँ शोरुम पोखरा पोखराको लेखनाथमा
समयपोष्ट
२०७५ माघ ८ गते १२:२९
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले पोखरा–लेखनाथ महानगरपालिकामा नयाँ सोरुम संचालनमा ल्याएको छ ।
नयाँ शोरुमको सोमबार गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र बस्याल र विश्वकर्मा अटो वक्र्सका संस्थापक राम प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।
कम्पनीले विश्वकर्मा अटो वक्र्सको नयाँ शाखामार्फत यामाहा मोटरसाइकल तथा स्कुटरको विक्रीवितरण थालेको छ । यस क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई मध्यनजर गरी नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ ।
नयाँ शाखाबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया