आइतबार, २३ वैशाख २०८१

रहेनन् कलाकार न्यौपाने

समयपोष्ट २०७५ माघ ७ गते १५:३०

Advertisement

कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए ।

मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका थिए । मुनालको आजै अन्त्यष्टि गरिने भएको छ । उनको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माले जानकारी दिए । मुनाल काठमाडौँको माहाङ्कालका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री