आइतबार, २३ वैशाख २०८१

बलिउडमा जान्हवी भन्दा साराको क्रेज बढ्दो, सेफ कि छोरीसंग तर्सिए बोनी

समयपोष्ट २०७५ माघ ७ गते ११:५२

Advertisement

निर्माता बोनी कपुर र नायिका श्रीदेवीकी छोरी जान्हवी कपुर र सैफअली खान र अमृताकी छोरी साराअली खान बलिउडमा एकैपटक प्रवेश गेर । चलचित्र ‘धडक’बाट बलिउड डेब्यु गरेकी जान्हवी र ‘केदारनाथ’ बाट डेब्यु गरेकी साराको तुलना बलिउडमा खुबै हुने गरेको छ ।

त्यसो त ‘केदारनाथ र सिम्बा’ जस्तो हिट चलचित्रका कारण पनि सारा लाइमलाइटमा छिन् । जसलेगर्दा, जान्हवीको क्रेज कम भएको विश्लेषण गरिएको छ ।

बोनीको चिन्ता

जान्हवीको करिअर र चर्चालाई लिएर उनका पिता बोनी कपुरमा चिन्ता सुरु भएको चर्चा हुन थालेको छ । भारतीय मिडियाका अनुसार बोनी कपुर जान्हवीको भन्दा साराको चर्चा बढी भएकोमा चिन्तित छन् ।

Advertisement

यसको मुख्य दोष उनले जान्हवीको पीआर टीमलाई दिएका छन् । पीआर टीमको सुस्त कामको कारणले जान्हवीको चर्चा कम भएको उनको वुझाई छ । यसैले उनी र जान्हवीको पीआर टीमविच लफडा भएको खबर पनि सार्वजनिक भैरहेको छ ।

एउटा अन्र्तवार्तामा साराले भनेकी थिइन्–‘जान्हवी र मैले रेड कार्पेटमा एकसाथ तस्बिर खिचाउन आवश्यक छ । जसलेगर्दा, मिडियालाई हाम्रो फोटो जोडी राख्न आवश्यक हुदैनथ्यो ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री