बुधबार, ७ साउन २०८२

सेयर बजार घट्यो

समयपोष्ट २०७५ माघ ६ गते १५:११

सेयर बजार घटेको छ । आज नेप्से परिसुचक ८.६ अंकले घटेर ११७९.१७ विन्दुमा ओर्लिएको छ। आज सेयर बजारमा १ सय ४३ कम्पनीका ११ लाख कित्ता सेयर ३६ करोड बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर अप्परतामाकोसीको किनबेच भएको छ ।

आज तीन समुह उपसुचक बढेका छन् भने अन्य सबै समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह उपसुचक ५.०६,विकास बैंक समुह उपसुचक ११.१७,जलविद्युत ३६.५९,र्निजिवन बिमा ३७.६७,उत्पादनमुलक समुह ५.०८,अन्य ८.३६, लघुविक्त १०.५९ र जीवन बिमा समुह ३७.३४ अंकले घटेका छन् ।

त्यस्तै ब्यापार समुह २.८७,होटल समुह ५.५४ र फाइनान्स १.६१ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री