बिहीबार, १ साउन २०८२

हिमालयन बैंकको लाभांस पारित, संचालकमा विजय बहादुर श्रेष्ठ निर्वाचित

समयपोष्ट २०७५ पुष ३० गते १६:५२

हिमालयन बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने बैंकले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले २६ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए ।

बैंकले आ.व. २०७४÷७५ अन्त्य सम्म रु. ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र रु. ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो ।

उक्त सभामा सर्ब साधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ मा विजय बहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री