मंगलबार, ६ साउन २०८२

माथिल्लो तामाकोशीको सेयर कारोबार आजबाट खुल्यो, कतिमा हुँदैछ कारोबार ?

समयपोष्ट २०७५ पुष २९ गते १३:१९

माथिल्लो तामाकोशीको सेयर कारोबार आजबाट खुलेको छ । नेप्सेले तामाकोशीको शेयरलाई कारोबार गर्न युपिपिइआर (UPPER) काराेबार संकेत प्रदान गरेकाे छ ।

तामाकोशीको शेयरलाई नेप्सेले प्रतिशेयर न्युनतम ७४ रुपैयाँ ८९ पैसा देखि अधिकतम २२४ रुपैयाँ ६७ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । आइतबार साेही ओपनिङ्ग रेन्जको आधारमा तामाकोशीकाे कारोबार खुलेको हाे ।

समाचार तयार पार्दासम्म कम्पनीकाे शेयर प्रतिकित्ता २२४ रूपैयाँमा काराेबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री