कियाको नयाँ स्पोर्टेज नेपाली बजारमा, यस्ता छन् बिशेषता
किया मोटर्सको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङले नयाँ किया स्पोर्टेज सार्वजनिक गरेको छ। २५ औँ बार्षिक उत्सवको अवसर पारेर कम्पनीकोले उक्त गाडी सार्वजनिक गरेको हो ।
कम्पनीले चार वटा भेरियन्टमा ल्याइएको गाडी पेट्रोल र डिजल भर्सनमा रहेका छन् । गाडीमा अटोमेटिक ट्रान्समिसनयुक्त आठ वटा स्पिड गियरबक्स रहेका छन् भने नर्मल, इको र स्पोर्ट लगायत तीन वटा ड्राइभ मोड समावेश गरिएको कम्पनीले जनाएको छ ।
अगाडिको भागमा एलइडी हेडल्याम्प र एलइडी डे टाइम रनीङ लाइट जडान गरिएको गाडीमा यात्रु सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ। गाडीमा चालक र यात्रुको सुरक्षालाई विशेष प्राथमिकता दिँदै अत्याधुनिक प्रविधि जडान गरिएको छ।
ग्राहकका लागि गाडीमा प्याडल सिफ्टर, फराकिलो सनरुफ, हाइ सस्पेन्सन, सात इन्चको टच स्क्रिन, आठ वटा स्पिकर, एप्पल कारप्ले, एड्रोइड अटो सपोर्ट म्युजिक सिस्टम लगायतका सुविधा रहेको छ।
गाडीलाई सुरक्षित, आधुनिक र आरामदायी बनाउनका लागि ब्रेकिङ सिस्टममा सहजता दिनका लागि नयाँ स्पोर्टेजमा इल्क्ट्रोनिक स्ट्याबलिटी कन्ट्रोल, भेहिकल स्ट्याबलीटी कन्ट्रोल, डाउनहिल एसिस्ट लगायतका सुविधा जडान गरिएको छ।
विभिन्न ९ कलरमा उपलब्ध हुँने यस गाडीको मुल्य ६९ लाख ९० हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । विश्व बजारमा सर्वाधिक विक्री हुँदै आएको यो गाडी हिमाल, पहाड र तराई तीनै क्षेत्रमा सहज र आरामदायी रुपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया