नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिनुभयो ?
समयपोष्ट
२०७५ पुष २९ गते १०:४२
नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले मंसिर २३ गतेदेखि १६ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।
लघुवित्तले हकप्रद निष्काशन गर्न मंसिर ७ गते शेयरधनी दर्ता किताव बन्द गरेको थियो । जस अनुसार मंसिर ६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद खरिद गर्न सक्नेछन् ।
लघुवित्तको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । हकप्रदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल तथा नाडेप लघुवित्तको केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन बुझाउन सकिने व्यवस्था गरिएको छ । साथै आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया