सेयर बजारमा गिरावट्
समयपोष्ट
२०७५ पुष १९ गते १५:२४
सेयर बजार आज पनि घटेको छ । आज नेप्से परिसुचक १.५६ अंकले घटेर ११७८.८७ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ५८ कम्पनीका ७ लाख कित्ता सेयर २७ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ ।
आज तीन समुह उपसुचकहरु घटेका छन् भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह उपसुचक ४.३६,विकास बैंक ६.१८ र जलविद्युत ६.३७ अंकले घटेका छन् ।
त्यसैगरी आज होटल समुह उपसुचक १८.२५,फाइनान्स ०.३८,र्निजिवन बिमा १५.०२,अन्य ०.३,लघुवित्त १.२२ र जीवन बिमा समुह ६८.०५ अंकले बढेको छ ।
प्रतिक्रिया