बुधबार, १२ वैशाख २०८१

आयो हिमालय एअरलाईन्सको नयाँ विमान, मलेसिया र म्यानमारमा उडान गर्ने

समयपोष्ट २०७३ माघ १८ गते १२:२७

नेपाल चिनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले आफनो दोस्रो नयाँ विमान ए ३२०  लाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ ।

Advertisement

हैम्बर्ग, जर्मनबाट उडान गरिएको, ९(एन(एएलभी रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई पानीको तोपद्वारा सलामका साथ स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा संकृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री जीवन बहादुर शाही तथा नेपाल नागरीक उड्डयनका प्रबन्धक निर्देशक देवेन्द्र उपाध्याय र साथै प्राधिकरणका पदाधिकारीहरु सहभागी थिए ।

उक्त बहुप्रतिक्षित नयाँ एअरबस ए ३२०  लाई स्वागत गर्न हिमालय एअरलाइन्सका प्रशासन उपाध्यक्ष  विजय श्रेष्ठ, अपरेशन उपाध्यक्ष कप्तान जतिनदर पाल सिहं ढिल्लन लगायत कम्पनिका वरिष्ठ पदाधिकारीहरु पनि सहभागी थिए ।  
यो एयरलाइन्सको दोस्रो विमान आएसँगै मलेसिया र म्यानमारमा उडान गर्नेछ। ‘दोस्रो एअरवस ब्(घद्दण् को आगमनसँगै यस हिमालय एअरलाईन्सको समुह आगामी दिनमा ग्राहकहरुको उत्कृष्ट सेवाको लागी अत्याधिक मेहनतका साथ प्रस्तुत हुनेछ,’ हिमालयन एअरलाईन्सका प्रशासन-उपाध्यक्ष विजय श्रेष्ठले भने । 
नयाँ विमानले नेपाललाई नयाँ गन्तव्यसँग जोड्ने अवसर ल्याउनुका साथै नेपालको आर्थिक बृद्धिमा समेत मद्दत गर्ने उनले बताए । एब सय ५८ सिट क्षमता रहेको हिमालय एअरलाइन्सको नयाँ विमान ब्घद्दण् लाई दुई वर्गमा विभाजन गरिएको छ,जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भनेबाँकी १५० वटा इकोनोमी क्लासको रहेको छ । हिमालय एअरलाइन्स दुवै वर्गका उपभोक्ताहरुलाई आकाशमा उच्चस्तरीय र आरामदायी उडानको अनुभव गराउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री