शनिबार, ८ वैशाख २०८१

मीरा बनिन् ‘साहसी वर्ष व्यक्ति’

समयपोष्ट २०७३ माघ १४ गते ८:२३

 नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । मीरा अनलाइन भोटिङका आधारमा  विजयी भएकी हुन् । उक्त अवार्डका लागि साहसी खेलसँग आवद्ध विश्वभरका १० जना मनोनयनमा परेका थिए । भोजपुरकी मीराले दुई बर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निक्कै सफलता पाएकी छिन् । २७ बर्षीय मीरा मिरा पुर्व माओवादी लडाकु हुन् । शान्ति सम्झौतापछि सेनामा अयोग्य बनेकी उनले सन् २०१५ मा हङकङ, स्पेन, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा अल्ट्रा दौडमा सहभागी भई सफलता हाँसिल गरिसकेकी छिन् । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री