शुक्रबार, ७ वैशाख २०८१

सम्भव बन्दै पृथ्वी बाहिर जीवन

समयपोष्ट २०७३ माघ १३ गते ६:४३


पृथ्वी बाहिर पनि जीवन खोज्न प्रयासरत अनुसन्धानकर्ताहरुले रातो ग्रहको रुपमा परिचित मंगल ग्रहमा बस्ति बसाउँन संभव हुने तथ्य फेला पारेका छन् । अमेरिकाको हार्वड स्थित जोन ए पालसन स्कूल अफ इञ्जिनियरिंग एण्ड अप्लाईड साईन्स (एसईएएस) का अनुसन्धानकर्ताहरुले मंगलको सतहमा पाईएको पानीले त्यस ग्रहमा जीवन सम्भव हुने तथ्य पत्ता लगाएका हुन् । 

Advertisement

प्राचिन समयमा मंगल ग्रहमा मिथेन कार्बन डाइआक्साइड र हाइड्रोजन ग्यासहरुबिच भएको प्रतिक्रिया स्वरुप त्यहाँ उष्णकाल शुरु भएको हुनसक्ने र त्यसैले गर्दा मंगलको सतहमा पानी भैरहन सहयोग पुगेको हुनसक्ने  बताईएको छ । मंगल ग्रहमा भएको भौगोलिक बनावटले पनि  कुनै समय त्यहाँ नदी बगेको हुनसक्ने अनुमान अनुसन्धानकर्ताले लगाएका छन् । करीब तिन देखि चार अर्ब बर्ष पहिले त्यहाँ पानी बगेको हुनसक्ने तर मंगल ग्रह अधिक चिसो हुँदै जाँदा त्यहाँको पानी तरल रुपमा बग्न नसकेको हुनसक्ने  आकलन अनुसन्धानकर्ताहरुले गरेका छन् । शरुवाती अवस्थामा मंगल ग्रहमा रहेको शक्तिशालि ग्रीनहाउस ग्यासको प्रभावले गर्दा मंगल ग्रह बिच बिचमा तातेको हुनसक्ने समेत अनुसन्धानकर्ताहरुले बताएका छन् । 


एसईएएस का सहायक प्रोफेसर रोबिन वर्डस्वर्थका अनुसार शुरुवाती चरणमा मंगल कस्तो स्वरुपमा थियो भन्ने पत्ता लगाउँन सकियो भने सोर्य प्रणाली भन्दा बाहिर अन्य ग्रहहरुमा जीवनको सम्भावनाका बारेमा जान्न सकिन्छ । चार अर्व बर्ष पहिले सुर्य आफ्नो हालको स्वरुप भन्दा ३० प्रतिसत् निस्तेज रहेको थियो । जसले गर्दा सौर्य  विकिरण कम मात्रामा भएको हुनसक्ने र त्यही कम सौर्य विकिरण मंगल ग्रहसम्म पुगेको हुनसक्ने वर्डस्वर्थको भनाई छ । कम विकिरण मंगलमा पुगेपछि त्यहाँको वातावरणमा सिमित हुनपुग्ने, परिणाम स्वरुप तातो र जलबाष्प भएको वातावरण त्यहाँ बनेको हुनसक्ने अनुमान वर्डस्वर्थको छ । दशकौसम्म बैज्ञानिकहरु मंगल ग्रह कसरी तातो हुनपुग्यो भन्ने खोज गर्नमै तल्लिन रहे । हाल आएर मंगलमा ९५ प्रतिसत् कार्बन डाईआक्साइड ग्यास रहेको बैज्ञानिकहरु बताउँछन् । जुन पृथ्विीमा अधिक मात्रामा रहेको ग्रिनहाउँस ग्यास हो । अनुसन्धानकर्ताहरुका अनुसार  मंगलको शुरुवाती तापमानको कारक त्यहाँ रहेको कार्बन डाईअक्साईड ग्यास मात्र नभएर अन्य अरु पनि हुनसक्ने जसले ग्रिन हाउँस ग्यासमा योगदान पुर्याएको हुनसक्ने बैज्ञानिकहरुको ठहर छ । 

हाल मंगल ग्रहमा अधिक मात्रामा मिथेन ग्यास नभएको तर अर्बौै बर्ष पहिले त्यहाँ मिथेन ग्यासको सम्भावना रहेको हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।  वर्डसवर्थ भन्छन् ,"जब मिथेन हाइड्रोजन र कार्बन डाइआक्साइड को बिचमा प्रतिक्रिया भयो त फोटोनसंग उनीहरुको क्रिया कस्तो रह्यो होला । हामीले त्यस बिच यस समिश्रण को परिणामस्वरुप विकिरण अधिक मात्रामा अवशोषित भएको हुनसक्ने आकलन गर्यौ । बैज्ञानिकहरु ग्रिन हाउँस ग्यासको प्रभावको बारेमा सटिक रुपमा आकलन गर्न सफल भएको यो नै पहिलो हो । यसको साथसाथै मंगल ग्रहमा शुरुवाती समयमा मिथेन ग्यास एक प्रभावी ग्रिन हाउँस ग्यास रहेको समेत पुष्टि भएको छ । यो रिपोट जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित भएको छ " । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री