शुक्रबार, ७ वैशाख २०८१

जसरी मुटुले अंग–अंगमा रगत पुर्याउँछ, त्यस्तै वित्तीय क्षेत्रले पुँजी पुर्याउँछ

समयपोष्ट २०७३ माघ १२ गते ४:२७

पछिल्लोपटक देखिएको तरलता अभाव के कारणले भएको होला ?

Advertisement

हामी वित्तीय साक्षरतामा पनि लागिरहेका छौं । सबै वित्तीय संस्थाहरू नानीदेखि लागेको बानी भनेर बच्चाहरूदेखि लिएर वृद्धवृद्धाहरूलाई समेत खाता खोल्नुहोस्, घरमा पैसा नराख्नुहोस् । घरमा पैसा राख्दा एक त जोखिम हुन्छ अर्को त्यसले हाम्रो नेपालको विकासमा सकारात्मक प्रभाव पार्न सक्दैन । घ्याम्पोमा र खाटमुनि राखेको पैसा सर्कुलेसनमा आउन सक्दैन । बैंकमा राख्यो भने ब्याज पनि पाइन्छ र सुरक्षित पनि हुन्छ । त्यस सँगसँगै बैंकमा राखेको पैसा हामीले लगानी गर्छौं । जसले बिजनेस गर्छु भनेको छ उसले त्यो पैसा पाउ“दा हाम्रो अर्थतन्त्र झन् अगाडि बढ्छ भनेर सर्वसाधारण जनतालाई वित्तीय साक्षरता दिईराखेका छौं ।

संविधान जारी भएपछि सरकारले सकारात्मक ठूलो बजेट ल्यायो । हामी सबैजनालाई बजेट देखेर ओहो यो कार्यान्वयन भयो भने त साँच्चै देशको आर्थिक रूपान्तरणको पहिलो कदम हुनेछ भन्ने लाग्यो । बजेटको पनि एकातिर सरकारको स्रोत ट्याक्स, भ्याट, कस्टम यी सबै चीज हुन्छ । तर सरकारले बजेट खर्च गर्न सकेन । १ सय ९० अर्ब रुपैयाँ सरकारको ढुकुटीमा छ, भन्ने सुन्नमा आएको छ । हामीले सर्वसाधारण जनतालाई ५० हजार अथवा १ लाख, २ लाख रुपैयाँ घरमा नराख्नुहोस् । त्यसलाई वित्तीय क्षेत्रमा ल्याउनुहोस् भनिराखेका छौं । तर, सरकारले नै जब १ सय ९० अर्ब रुपैयाँ घ्याम्पोमा राख्छ भने तरलता अभाव नभएर के हुन्छ ?  यो आर्थिक वर्षको कति महिना बितिसक्यो खर्च भएको छैन । त्यो युद्धस्तरमा खर्च गर्न सुरु गर्नुपर्यो। खर्च गर्न सक्नुभएन भने अरू माध्यम खोज्नुपर्यो। २८ वटा ‘क’ वर्गको बैंकहरू छन् त्यसमा सर्वसाधारणले खातामा पैसा डिपोजिट गरेजस्तै गरी डिपोजिट गर्दिनुहोस् । जब सरकारले त्यो पैसा खर्च गर्न सक्छ, हामी त्यो पैसा फिर्ता गर्दिन्छौं । त्यो पैसालाई कसरी हुन्छ अर्थतन्त्रमा ल्याउनुपर्यो। अहिले रेमिट्यान्स तल–माथि भइरहेको बेला यति गरिएन भने त्यो क्राइसिसबाट हामी निस्किन सक्दैनौ । त्यसकारण यसको समाधान नेपाल सरकारकै हातमा छ, त्यसलाई कार्यान्वयन गर्नुपर्यो। 

अहिलेको तरलता अभाव विगतको सस्तो ब्याजदरको कारण हो, मान्छेहरूले कृषिमा, उद्योगमा लगानी गर्छु भनेर जग्गामा लगानी गरे, त्यो पनि हो भन्छन, के लाग्छ यहाँलाई ?

एउटा कारण त्यो पनि हुन सक्छ । तरलता धेरै हुँदा लोन कममा पाइयो त्यसपछि मान्छेले लोन लिएर त्यसो गरे होलान् । त्यसो गर्ने कुनै मानिस सर्टटर्म भिजन भएको होला तर धेरै मानिसलाई थाहा छ तरलता पनि कहिले कम हुने कहिले बढी हुने बल्डप्रेसर अप एन्ड डाउन भएजस्तै हो । त्यही भएर लङटर्म इन्भेस्टमेन्ट जस्तै त्यो बेला ६ प्रतिशतमा लोन पाएर लगानी भए होला । अहिले त्यही लोन बाह्र,चौध प्रतिशतमा पुग्यो, अब कसरी धान्ने ? साँच्चै आफ्नै बिजनेस गर्ने हो भने त्यो अर्कै कुरा हो तर रियल स्टेटमा हाल्दा या त उहाँहरूले बेच्न सक्नुपर्यो, किन्ने मानिसलाई पनि लोन चाहियो लोन दिने पैसा बैंकमा छैन । त्यही भएर यो सिकाइ वित्तीय क्षेत्रलाई मात्र होइन, नेपाल सरकार र सर्वसाधारण नेपालीलाई पनि हो । अलिकति भिजन मिडल टु लङ टर्म हुनुपर्छ । सर्टटर्म भिजन भयो भने कहिलेकाहीँ फसिने हुन्छ । तर, अहिलेको तरलता अभाव त्यो कारणले भएको होइन । लोन लिने अहिले पनि त्यति नै मानिस छन् । अब संविधान आयो व्यवसाय गर्छौं, सानोदेखि ठूलोसम्म लगानी गर्छौं भनेर आउने मान्छे छन् । तर, नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी पैसा निकाल्ने र अर्थतन्त्रमा पैसा इन्जेक्ट गर्ने नेपाल सरकार नै हो । त्यो अंगले आधा मात्र काम गर्ने, अर्थतन्त्रबाट पैसा सबै लिने खर्च नगर्दिने हो भने तरलता अभाव त भइहाल्छ । 

anil 11

अहिले बैंकहरूले पुँजी बढाउँदैं लगिरहेका छन् तर त्यो अनुपातमा लगानी विस्तार नहुँदा त्यसले दीर्घकालीन रूपमा नेपालको अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्छ भनिदै छ, के लाग्छ यहा“लाई ?

सुरुमा बैंकहरूलाई राष्ट्र बैंकले लाइलेन्स दिँदा म नेपालको पहिलो जोइन्ट भेन्चर नेपाल अरब बैंकको सीईओ थिएँ । त्यो बेला हामी केही बैंकका सीईओहरूले राष्ट्र बैंकमा पुगेर बैंकहरू धेरै भए भने अस्वस्थ प्रतिस्पर्धा हुन्छ, यसरी लाइसेन्स बाँड्नु राम्रो हुँदैन भनेका थियौं । तर, राष्ट्र बैंकले होइन, तपाईंहरूले कम्पिटिसन चाहनुहुँदैन त्यही भएर यसो भन्दै हुनुहुन्छ भन्नुहुन्थ्यो । लाइसेन्स दिए राम्रै हुन्छ भनेर लाइसेन्स दिनुभयो । त्यसपछि राष्ट्र बैंकले थुप्रै स–सानो वित्तीय संस्था भए भने स्थिरता आउँदैन, ठूलो प्रोजेक्टलाई लगानी गर्न पनि सक्दैन भनेर आठ अर्बको कुरा गर्नुभयो । त्यो बेला पनि हामीले आठ अर्ब त ठिकै छ अलि समयको कुरा हुन्छ कि भन्दा होइन ठिकै छ भन्नुभयो । अहिले यस विषयमा बहस भइरहेको छ, म त के भन्छु भने एउटा डिसिजन गरेर अगाडि बढिसकेपछि त्यो कार्यान्वयनको प्रक्रियामा छ । हामीले त पहिले पनि अलिकति समय दिए राम्रो होला भनिरहेकै थियौं । तर, हैन दुई वर्षमा गरिसक्नुपर्छ भनिसकेपछि आजसम्म राष्ट्र बैंकले जुन निर्देशन दिए पनि हामीले कार्यान्वयन गरिरहेकै छौं । सीईओको तलब होस्, कुनै कुराको म्याद होस् सकेसम्म प्रयास गरेकै छौं । यही वर्ष हो आर्थिक वर्षको अन्तिममा भनेर कतिले मर्ज गरिसके, कतिले राइट सेयर इस्यु गरिसके, हामी त्यो आठ अर्बमा पुग्न लागिरहेका छौं । आठ अर्ब पुगिसकेपछि त्यो हाम्रो फिनिस लाइन होइन, स्टार्टिङ लाइन हो । त्यो आठ अर्बको पुँजीलाई हामीले सर्भिस गर्नुपर्छ । 

हाम्रो दायित्व भनेको सेयर होल्डर प्रमोटरको क्यापिटललाई राम्रो डिभिडेन्ट रिटर्नहरू दिने हो । पुँजी दुई अर्बबाट आठ अर्बमा बढिसकेपछि त्यो भनेको त चार गुणा बढ्यो । त्यो चार गुणा डिपोजिट पनि बढ्नुपर्यो, चार गुणा लगानी गर्ने अवसर पनि बढ्नुपर्यो। त्यही कस्टोमर एउटा बैंकबाट अर्को बैंकमा गएर त्यो आठ अर्बको पुँजीलाई हामी सर्भिस गर्न सक्दैनौ । नेपाल सरकारले जुन बजेट ल्याउँछ त्यही कार्यान्वयन गरेन भने डिपोजिट कसरी बढ्छ ? रेमिट्यान्स आइरहेको छ, पहिले पनि आइरहेकै थियो, दुई अर्ब हुँदा पनि आइरहेकै थियो, अचानक नेपालको पुँजी बढ्यो भनेर चार गुणा त रेमिट्यान्स बढ्दैन । 

अर्कोतिर लगानी गर्ने ठाउँ प्रशस्त छ, त्यसमा कुनै शंकै छैन । ठूलो हाइड्रो प्रोजेक्ट होस् हाइवेको प्रोजेक्ट होस्, ट्रान्समिसन लाइन होस्, होटल बनाउने, रेष्टुरेन्ट बनाउने होस्, बाख्रा पालन गर्ने होस् नेपाली अब काम गरेर अगाडि बढ्न चाहन्छन् । तर, त्यो लगानी गर्नका लागि पहिले डिपोजिट त चाहियो । बजारमा प्रशस्त पैसा हुनुपर्यो। आउने दिनहरूमा पनि चुनौतीहरू धेरै छन् । तर, तरलता माथि तल माथि तल जानुभन्दा स्थिर राख्नुपर्यो। अर्थतन्त्र कहिले माथि कहिले तल भइराख्यो भने इकोनोमिक हार्टअट्याक होला भन्ने डर हुन्छ । त्यो भएर कसरी हुन्छ हाम्रो अर्थ मन्त्रालय, राष्ट्र बैंक, वित्तीय संस्थाहरूले आउने दिनहरूमा लिक्विडिटीलाई कसरी स्थिर राख्ने भनेर एउटा रणनीति बनाउनुपर्यो। त्यो भयो भने आठ अर्ब रुपैयाँलाई सर्भिस गर्ने जुन चुनौतीहरू छन्, त्यो मिट गर्न सकिएला त्यो भएन भने मिट कसरी गर्ने । जब डिपोजिटनै मार्केटमा आउँदैन भने लगानी गर्न चाहिने लिक्विडिटी नै छैन भने धेरै गाह्रो हुन्छ । 

नीति निर्माण गर्ने जो व्यक्तिहरू छन् ती व्यक्तिहरू समग्र अर्थतन्त्रभन्दा सेयर मार्केटमा बढी चिन्तित भए भन्ने छ नि ?

सेयर मार्केट र रियल स्टेट यी दुवै अर्थतन्त्रको एउटा सकारात्मक अंगहरू हुन् । यिनीहरू अछुत अंग होइनन् । अन्य देशहरुमा रियल स्टेट, सेयर मार्केटले धेरै सकारात्मक रोल खेल्छ । कहिलेकाहीँ सेयर मार्केट, रियल स्टेट राम्रो होइनजस्तो लाग्छ तर त्यो राम्रो हो । त्यसलाई राम्ररी रेगुलेट गर्नुपर्यो। तर, अरू काम देखाएर बैंकबाट पैसा ल्याएर सेयर मार्केटमा राख्ने, फन्डिङ मिसयुज गर्ने त्यसो भयो भने त्यसको नकारात्मक प्रभाव त पर्छ नै । तर, जसले सेयरमै इन्भेस्ट गर्छ, त्यसमै काम गर्छ भने त्यो राम्रै हो । वित्तीय संस्थाहरूको पहुँच  नेपालभरि पुगेको छ । वित्तीय संस्थाहरूले नेपालीको विश्वास जित्न सकेको छ । भूकम्पपछि मानिसले घरको पैसा सबै बैंकमा ल्याएर जम्मा गरे । अब सेयरको कुरा गर्दा २८ वटा कमर्सियल बैंकहरूलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्यो। सेयर मार्केट भनेको रिङरोडभित्रका नेपालीका लागि मात्र बनेको होइन । हुम्ला, जुम्लामा भएका नेपाली या भनौ पचहत्तरै जिल्लामा भएका नेपालीले सेयरमा इन्भेस्ट गर्न चाहे भने इन्भेस्ट गर्न सक्नुपर्यो। सबै बैंकहरूको शाखा अति दुर्गम क्षेत्रमा पनि छ । जस्तै बैंकमार्फत अटो लोन, होम लोन, बैंक इन्स्योरेन्स, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ नेपालभरि पुगेको छ । अब सेयर पनि नेपालभरि पुर्याउनुपर्छ । कोही नेपालीले म सेयरमा इन्भेस्ट गर्छु भनेपछि कुनै बैंकको शाखामा गएर उसले सेयर लिन सकोस् र बैंकहरूले पनि ब्रोकरको सेवा दिन सक्छन् । अब त्यो समय आएको छ । क्यापिटल मार्केटलाई हामीले रिइन्भिग्रेट गर्नुपर्योअब । बैंकमात्र क्यापिटल दिने स्रोत होइन । सेयर मार्केट पनि हुनुपर्यो। सर्वसाधारण नेपालीले ढुकुटीमा खेलिरहनुभएको होला, घ्याम्पोमा पैसा राख्नुभएको होला, त्यसलाई अर्थतन्त्रमा कसरी ल्याउने त भन्दा बैंकलाई ब्रोकर लाइसेन्स दियो भने स्टक मार्केटको भोलुम डब्बल हुन्छ । अहिले त सीमित मानिसले मात्र यसमा हात हालिरहेका छन् । नेपाली जनताको जुन विश्वास वित्तीय क्षेत्रले कमाएको छ, त्यो विश्वासले सर्वसाधारणले सेयरको विषयमा सुझाव माग्दा बैंकले ठीक सुझाव दिन्छ है भन्ने हुन्छ । यसकारण बैंकले नयाँ चीज गर्ने बेला आएको छ । 

anil 21

बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने भन्ने कुरा कानुनी अड्चनले गर्दा रोकिएको छ, बैंकर संघबाट पनि केही पहल गर्नुहुन्छ कि ?

बैंकर संघबाट पहलभन्दा पनि हामीसँग सुझाव माग्नुभयो भने सम्बन्धित निकायहरूलाई हामी सुझाव दिन्छांै । हामी लबिङ गरेर हिँड्दैनौ । हाम्रो दृष्टिकोण के हो त्यो प्रस्टसँग राखिदिन्छौं । नेप्से, धितोपत्र बोर्ड, अर्थ समिति, राष्ट्र बैंक जसले बोलाए पनि हामी हाम्रो दृष्टिकोण प्रस्टसँग राखिदिन्छौं । हामीले भनेको चीज हुनैपर्छ नत्र यस्तो गर्छौं भन्ने कुरा होइन । उहाँहरूलाई लाग्छ– यो ठीक होइन भने कसैले त भनोस् यो किन ठिक होइन । देशका लागि फाइदा हेर्ने हो उहाँहरूले । बैंकका लागि फाइदा हेर्ने होइन । २८ वटा बैंकलाई फाइदा हुन्छ गर्दिउँ भन्ने होइन, सर्वसाधारण नेपालीलाई फाइदा हुन्छ कि हुँदैन त्यो हेर्ने हो निकायहरूले । राम्रो हुन्छ भन्ने लागे गर्दिनुहोस् तर हामीलाई अहिले लागेको राम्रो हुन्छ । यसअघि हामीले भनेका थिएनौ । हाम्रो १ हजार १ सय ७१ वटा शाखा देशभरि फैलिएको छ । हामी दोहादेखि डोल्पा पैसा तीन मिनेटमा पुर्याउन सक्छौं भने त्यो डोल्पाको पैसा सेयर मार्केटमा पनि तीन मिनेटमा हाल्न सक्छौं । सेयर मार्केटलाई अब नेपालको सेयर मार्केट बनाउने हो । काठमाडौँ स्टक एक्सचेन्ज त भन्दैनौ हामीले नेपाल स्टक एक्सचेन्ज भनछौं । काठमाडौँबाहिर बस्ने नेपाली नेपाली हैन त ? उहाँहरू दोस्रो दर्जाको नागरिक हो ? महेन्द्रनगरमा बस्ने नेपालीले म स्टकमा पैसा लगानी गर्छु भन्दा उडेर काठमाडौँ आएर ब्रोकरकहाँ जाने ? हामी भन्छौं कोही मान्छे पनि बस चढेर बैंकमा खाता खोल्न जादैन । मानिसलाई खाता खोल्न कि शाखा हुनुपर्योकि शाखारहित बैंकिङको सेवा त्यहाँ हुनुपर्यो। अनि मान्छेले खाता खोल्छ । दुई घन्टा हिँड्नुहोस् अनि बस चढेर हाम्रो बैंकमा खाता खोल्नुहोस् भन्दा को आउँछ अहिले । सर्वसाधारण नेपालीलाई नेपाल स्टकमा इन्भेस्ट गर्न नदिने ? यो काठमाडौँकै वरिपरि बस्नेका लागि मात्र हो भने ठिकै छ । साँच्चै नै सर्वसाधारणलाई पनि दिने हो भने र यो सोलुसन होइन भने अर्को सोलुसन दिनुहोस् । योभन्दा राम्रो सोलुसन दिनुहोस् कसरी गर्ने । नेपालभरिका सर्वसाधारणलाई सेयरमा लगानी गर्ने वातावरण बनाउने नेपाल सरकारको निकायको दायित्व हो । बैंकलाई दिएर हुन्छ भनी बैंकलाई दिनुहोस् अन्य निकायलाई दिएर हुन्छ भने अन्य निकायलाई दिनुहोस् । 

आठ अर्ब पुँजी पुर्याउन, पश्चिमाञ्चल विकास बैंकलाई मर्जमा ल्याउनुभयो, अहिले बोनस, हकप्रद जारी गर्दै हुनुहुन्छ, त्यसबाहेक नपुग पुँजी कसरी पुर्याउँदै हुनुहुन्छ ?

पश्चिमाञ्चलसँग मर्ज भइसकेपछि हाम्रो पुँजी ३ अर्ब ४० करोड जति बसिरहेको छ । यो वर्षको जति नाफा छ त्यो पनि बोनस सेयरका रूपमा जारी गर्छाैं । यदि राम्रो कुनै संस्था आयो भने हामी मर्ज अक्वायर छौं  नै । तर, अब हामी पर्खेर बस्दैनौ । जुन २५ प्रतिशत हकप्रद सेयर हामीले इस्यु गर्यौं, त्यसमा ९८ प्रतिशत जति सब्स्क्राइब भयो । भनेपछि प्रमोटर सेयर होल्डरहरूको पनि विश्वास मेगा बैंकमा छ । हकप्रद सेयर इस्यु गर्यो सब्स्क्राइब नै भएन भने के गर्ने भन्ने हुन्थ्यो । हामी आफैं मेगा बैंकमा लगानी गर्न चाहन्छौं भनेर फिडब्याक प्रमोटर सेयर होल्डरहरूले दिनुभएको छ । राम्रो बैंक आयो भने अक्वायर मर्ज गर्नुहोस् तर त्यतातिर मात्र पर्खेर नबस्नुहोस् अर्को राइट सेयर निकाल्नुहोस् हामी सब्स्क्राइब गर्छौं र आफैं ८ अर्ब पुर्याउँछौं भन्नुभएको छ । हाम्रो प्लान पनि त्यही नै छ । हाम्रो एउटा क्यापिटल प्लान बनेको छ । त्यहीअनुसार यो वार्षिक साधारणसभाबाट कति राइट सेयर इस्यु गर्ने त्यो अप्रुभ गराइसकेपछि राइट सेयर इस्युतिर लाग्छौं । राइट सेयर इस्यु गर्दा पनि मर्ज हुन वा अक्वायर हुन राम्रो कुनै आयो भने त्यसलाई हामी वञ्चित गर्दैनौ ।

बैंकले यो वर्ष केही नयाँ प्रडक्ट ल्याउँदै छ कि ?

हाम्रो यस वर्षको मेन फोकस्ड भनेको डिपोजिट मोबिलाइजेसनमा छ । त्यो डिपोजिट मोबिलाइजेसन सहर–सहरमा मात्रै होइन, क्लासिकल डिपोजिट कस्टोमरबाट मात्र होइन कि नयाँ कस्टोमर ‘नानीमा लागेका बानी’ लन्च गरेका छौं । त्यसमा हाम्रो प्रयास के हुन्छ भने सबैभन्दा राम्रो रूख रोप्ने समय बीस वर्ष अगाडि थियो तर रोपिएन भने दोस्रो सबैभन्दा राम्रो समय आज हो । त्यस्तै हाम्रो जेनेरेसनलाई पनि त्यो सेभिङ ह्याबिट, सेभिङ कल्चर लागेको भए हाम्रो सेभिङ कस्तो हुन्थ्यो होला तर लागेन । अब हाम्रो बच्चाहरूको जेनेरेसनमा त लगाउनुपर्यो। स्कुल–स्कुलमा गएर खाता खोल्ने । उनीहरूले हरेक दिन सय रुपैयाँ पकेट मनी पाउँछन् भने उनीहरूले ५० रुपैयाँ, २५ रुपैयाँ बचत गर्दै जालान् । बचत गर्दै जाँदा बच्चाले पढाइ सकेर युवा हुँदा जागिर खाँदा त ऊमा बचत गर्ने बानी लागिसकेको हुन्छ । पहिलो तलब आउँदा जति हुन्छ, त्यसको २० प्रतिशत त उसले बचत गर्छ । किनभने बचत गर्ने त उसको नानीमै लागिसक्यो बानी । 
त्यस्तै डिपोजिट मोबिलाइजेसन । ठुल्ठूला क्लासिकल डिपोजिटरहरूलाई पनि सर्भ त हामी गर्छौं नै तर नयाँ डिपोजिट मार्केटहरू खोज्ने । अर्को भनेको रेमिट्यान्स डिपोजिट मोबिलाइज गर्नेे । लाखौँ नेपालीहरू विदेशमा छन्, पैसा पठाइरहनुभएको छ । वर्षैपछि उहाँहरू फर्किनुहुन्छ । जुन उहाँहरूले पठाएको पैसा परिवारले बचाएर राखेको होला भनेको, त्यो हुँदैन । पाँच वर्ष, आठ वर्ष काम गरेर आइयो त्यो वर्षहरू पनि खेर गयो पैसा पनि छैन । फेरि फर्केर जानुपर्ने अवस्था छ । त्यो नहोस् भन्नाका लागि बाहिर भएका नेपालीको खाता खोल्ने । उहाँहरूकै खातासँग जोडेर उहाँहरूको श्रीमती, श्रीमान्, बुवामुवा को हुनुहुन्छ उहाँहरूको पनि खाता खोलिन्छ । त्यसपछि विदेशमा रहेको जो हुनुहुन्छ उहाँहरूले पैसा पठाउनुहुन्छ । दुई सय डलर, तीन सय डलर कति हुन्छ त्यो पैसा उनीहरूहको खातामा आएर बस्छ । त्यसपछि विदेशमै बसेर कम्प्युटरमार्फत उहाँको आफन्तको खातामा जति चाहिने हो उहाँले ट्रान्सफर गर्न सक्नुहुन्छ । यसमार्फत उहाँहरूले आफ्नो खातामा कति पैसा छ थाहा पाउन सक्नुहुन्छ । कोही बिरामी भयो पैसा चाहियो भने एक सेकेन्डमा पैसा ट्रान्सफर हुन्छ । जब उहाँ स्वदेश फर्किनुहुन्छ त्यतिबेला उहाँले प्लेन चढ्नु अगाडि आफ्नो स्मार्ट फोनबाट थाहा पाउनुहुन्छ कि अब त्यहाँ पुग्दा यति लाख रुपैयाँ मलाइ पर्खिरहेको छ भनेर ढुक्क साथ फर्कन सक्नुहुन्छ । यस्तै इनोभेटिभ प्रडक्टहरू चाहिरहेको छ । बचत खातालाई कसरी बढाउने त्यतातिर हामी लागिरहेका छौं । 

anil 31

बैंकर संघको अध्यक्ष हुनुहुन्छ, यो संस्थालाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

मेरो दुईवर्षे कार्यकाल हो । यो अवधिमा यसमा के–के आउँछ त्यो भन्न सकिँदैन । जे आउँछ त्यो हामी ट्याकल गर्छौं । हामी २८ वटा बैंकका सीईओ भएरमात्र होइन, मलाई कसरी विश्वास छ भने वित्तीय क्षेत्रमा कार्यरत पच्चीस हजारभन्दा बढी नेपालका युवाहरू छन् । अधिकांश ती युवाहरू सबैभन्दा राम्रो भएर वित्तीय क्षेत्रमा छन् । कसैको हाम्रो भएर होइन । त्यही भएर मलाई विश्वास छ कि जस्तो च्यालेन्ज आए पनि हामी वित्तीय क्षेत्रलाई अगाडि बढाउन सक्छौं  । अहिले हेर्दा संविधान आएको छ, प्रान्त बनेको छ । स्थानीय चुनाव होला, त्यो भएपछि त्यहाँको एउटा क्याबिनेट बन्छ । त्यो पहिलो क्याबिनेट बनेपछि नेपाल बैंकर संघ होस् या निजी क्षेत्रमा लागेका यस्ता संघहरूले सकारात्मक सुझावहरू दिने वातावरण बनाउनुपर्छ । तपाईंको सम्बन्धित क्षेत्रमा आर्थिक क्रान्ति ल्याउने हो भने के गर्नुपर्छ त ? कसैको पर्यटन, हाइड्रो होला, त्यो गर्नका लागि पुँजी कसरी आकर्षण गर्ने ? यो गर्ने समय एक÷दुई वर्षमा सबैभन्दा सकारात्मक होला । यसको प्रभाव अहिले नै देखिँदैन ।

हामीले गर्न सक्यौं भने आउने दसौं,बीसौं वर्षसम्म त्यो राम्रो बाटोमा हिँड्छ होला । सुरुवातनै नराम्रो बाटोबाट हिँड्यौं भने त्यो नराम्रो बाटोबाट फर्किएर आउ“ने अनि फेरी अरू बढी समय लाग्छ । त्यो नहोस् । राष्ट्रिय स्तरमा जे भयो, जसो भयो प्रान्तको स्तरमा गएर त्यो नहोस् भनेर त्यतातिर हामी लाग्छौं । यो सँगसँगै मैले देखेको सबैभन्दा ठूलो च्यालेन्ज भनेको आज नेपालको बीबीए, बीबीएस, एमबीए गरेका युवाहरूलाई तपाईंहरू कहाँ जागिर खान चाहनुहुन्छ भनेर सोध्यो भने वित्तीय क्षेत्रमा भन्नुहुन्छ । दोस्रो हामी विदेश जान्छौं  भन्नुहुन्छ । ती युवाहरूलाई नेपालमा कसरी राख्ने त ? हाम्रो कम्पिटिसन नेपालको २८ वटा बैंकहरूमात्र होइन, दोहाको बैंक, कोरियाको बैंक, मलेसियाको बैंक हो । एमबीए, बीबीए गरेका नेपाली युवाहरूले त्यहाँ गएर पनि जागिर पाइरहेको छ । अमेरिका अस्ट्रेलिया युरोप त छँदै छ । भनेपछि जब हामीले युवहरूलाई नै यहाँ राख्न सक्दैनौ, सबैभन्दा राम्रो युवा नै विदेश जान्छ भने के गर्ने । गएको तीस,पैंतीस वर्षमा वित्तीय क्षेत्रले गोल्डेन इरा देखाएर सकारात्मक उन्नति गरेको छ, आउने २५ वर्षमा पनि त्यो गर्नका लागि त्यस्ता जनशक्तिलाई राख्न सक्नुपर्छ । त्यो सँगसँगै राजनीतिक स्थिरताका लागि हामी के गर्न सक्छौं त्यो पनि हामीले हेर्नुपर्यो। वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो । जसरी मुटुले अंग–अंगमा रगत पुर्याउँछ, त्यस्तै वित्तीय क्षेत्रले पुँजी पुर्याउँछ । नेपाल सरकारको नीति के हो त हाइड्रोमा गर्ने कि, बाटोमा गर्ने कि, स्वास्थ्यमा गर्ने कि के मा गर्ने हो, त्यो भाषण गरेरमात्र हुँदैन । पुँजी पुग्नुपर्योत्यहाँ काम हुनुपर्यो। त्यो गर्ने भनेको वित्तीय क्षेत्र हो । हामीले के देखाइसकेका छौं भने रेमिट्यान्समा हेर्नुहुन्छ भने रेमिट्यान्स कम्पनीले पनि राम्रो गरेको छ, वित्तीय क्षेत्रले पनि गरेको छ कि कुनाकुना देशमा पुँजी  पुर्याउन  सक्छौं । त्यो जस्तै अरू सेवा पनि कसरी  पुर्याउन सकिन्छ भनेर त्यतातिर हामी लागिरहेका छौं।

प्रतिक्रिया

सम्बन्धित सामाग्री