बिहीबार, १३ वैशाख २०८१

    ‘सीमा–२’ लिएर आइन् गायिका सीमा

समयपोष्ट २०७३ माघ ५ गते ६:३२

पाँच वर्षको अन्तरालमा गायिका सिमा शाहले आफ्नो दोश्रो एल्बम ‘सिमा–२’ श्रोतामाझ ल्याएकी छन् । दोश्रो एल्बमसम्म आइपुग्दा सिमाको स्वरमा मिठास, अभ्यास र निरन्तर प्रयासको त्रिवेणी पाउन सकिन्छ । 
    स्कुल र कलेजका स्टेजहरुमा गाउँदै आएकी सिमाले २०६० सालमा रहरै रहरमा पहिलो गित ‘कसरी बोलाउँ मायालु् तिमीलाई’ रेकर्ड  गराएकी थिइन् । आफ्नो ‘रेकर्डेड भ्वाइस’ कस्तो हुन्छ भनेर सुन्ने जिज्ञासाकै प्रतिफल उनले त्यो गीत रेकर्ड  गराएकी थिइन् । आफ्नो रेकर्डेड भ्वाइस सुनेपछि उनमा उत्साह पलायो । २०६८ सालमा उनले पहिलो एल्बम ‘सिमा’ बजारमा ल्याइन् । 
    पहिलो एल्बम निकाल्दा उनलाई रियाजका बारेमा केही थाहा थिएन । उनले ट्रयाकमै अभ्यास गरेर रेकर्ड गराएकी थिइन् । फिडब्याक आउन थालेपछि उनलाई बोध भयो, सँगीत त सिक्नैपर्ने रहेछ । अनि उनी लागीन् सँगीतको विधिवत प्रशिक्षणतर्फ । उनले सुरुमा डेढ वर्ष गुरु आमा सँगीता राणा प्रधानसँग सँगीतका आधारभूत प्रशिक्षण लिइन् । सरगम, अलँकार, आलाप र केही रागहरुका बारेमा ज्ञान लिइन् । त्यसपछि उनले रत्नबहादुर खड्गी (हाल दिवंगत)सँग सँगीतको गहिरो अध्ययन गरीन् । हाल उनी कर्णराज कार्कीको सान्निध्यमा रहेर सँगीत प्रशिक्षण लिइरहेकी छन् । 
    पाँच वर्षसम्म सँगीत साधना गरेपछि तयार भएको हो, सीमाको दोश्रो एल्बम ‘सीमा–२’ । यस एल्बममा सेन्टीमेन्टल, पप र डान्सीङ बिट र आधुनिक शैलीका गितहरु रहेका छन् । एल्बमका सात गितहरुमा सन्तोष पोखरेल, सारिका घिमिरे, राम थापा (हाल दिवंगत), समीर राई, शँकर श्रेष्ठ, ललिता कुँवर र अशोक महर्जनको शब्द रहेको छ । त्यसैगरी कर्णराज कार्की, विक्रम थापा, सँजय हमाल, लव सँग्रौला, रत्नबहादुर खड्गी र अशोक महर्जनको सँगीत रहेको छ । 
    एल्बममा ‘फुल हुँ म’, ‘मेरो हर सासमा’, ‘कसमै तोडी जानेलाई’, ‘भुलुँ म कसरी तिम्रो याद’, ‘किन जुधे आँखा भन्थें’, अल्झींदा एकछिन’ र ‘ओँठले भन्न सकिन’ आदि गित रहेका छन् । यीमध्ये केही गित अहिले मिडियाहरुमा निकै चर्चित छन् । 

Advertisement

seema 2

सँगीत प्रशिक्षक कर्णंराज कार्कीका शब्दमा सीमाको टोन मिठो छ । उनी जस्तोसुकै टाइपका गित गाउन सक्छीन् । आइटमदेखि शान्त प्रकृतीका गित गाउनसक्ने भर्सटायल खुबी भएकी सीमामा प्रचुर सम्भावना छ । तर स्वयं सीमा भन्छीन्, ‘सँगीतको कुनै सीमा हुँदैनरहेछ । जति सिक्यो, उती गहिरो । झन् बुझ्यो झन कठिन । तैपनि कोशीस गरीरहेकी छु ।’ 

प्रतिक्रिया

सम्बन्धित सामाग्री