मंगलबार, ११ वैशाख २०८१

सिटिजन्स बैंकको घट्यो खराब कर्जा

समयपोष्ट २०७३ माघ ५ गते ५:४५

सिटिजन्स बैंक इन्टरनेशनले  चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६३ करोड १६ लाख रुपैयाँ खुदनाफा गर्दै खराव कर्जा घटाएको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफा २२ करोडले बढी हो । सिटिजन्सको गत बर्षको पुससम्म नाफा ४१ करोड ८४ लाख रुपैयाँ थियो ।  बैंकले करिव ७० करोड रुपैयाँ डुबेको ऋणमध्ये राइट ब्याक गरेको छ ।  बैंकसँग सर्वसाधारणको ५२ अर्ब ७४ करोड निक्षेप र ४६ अर्ब ७८ करोड कर्जा लगानी छ ।

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री