शनिबार, १५ वैशाख २०८१

फरवार्ड लघुबित्तको आइपिओ माघ ९ बाट निष्कासन हुने,लाइन नबसी आस्वा प्रणाली दिनुहोस् आवेदन

समयपोष्ट २०७३ माघ ४ गते १०:०७

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले माघ ९ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर निश्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले माघ ९ गतेबाट सर्वसाधारणका लागि ६ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । ६ लाख कित्तामध्ये ३० हजार कित्ता कर्मचारीका लागि,  ३० हजार हजार कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको पाँच लाख ४० हजार कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।  

Advertisement


 अब सर्वसाधारणले सेयरको आवेदन दिन जाँदा लामो लाइन बसिरहन नपर्ने भएको छ । लगानीकर्ताले २१ बाणिज्य बैकसहित ३० वटा वित्तीय संस्थाहरुमध्ये कुनै एक आफ्नो खाता भएको बैंकबाट आस्वा प्रणाली मार्फत आवेदन दिनसक्नेछन् । २१ वाणिज्य बैंक र ९ विकास बैंकहरुले मुगु र बाजुरा बाहेका ७३ जिल्लाका १५०७ शाखा मार्फत सेयर आवेदनको सुविधा प्रदान गर्नेछन । आवेदनको लागि लगानीकर्ताले किन्न लागेको सेयरको मुल्य बराबरको रकम भने बैंक खातामा हुनुपर्नेछ । आवेदन फर्ममा आवश्यक विवरण भरेपछि बैंकका कर्मचारीलाई १०० रुपैयाँ सेवा शुल्क दिई फारम बुझाउँन सकिन्छ । नेपाल धितोपत्र बाेर्डले सर्वसाधारणलाई लाइन नबसी सेयर भर्ने सुविधा दिन गरेको आस्वा प्रणालीबाट फर्म भर्दा फोटो टाँस्नु पर्दैन । नागरिकताको फोटोकपि पनि राखिराख्नु पर्दैन तर फर्ममा नागरिकता नम्बर भने उल्लेख गर्नुपर्नेछ । धितोपत्र बाेर्डले माघ १ गतेबाट खुल्ने सेयरका लागि आस्वा प्रणाली मार्फत आवेदन दिनसक्ने ब्यवस्था गरेको हो । 

आस्वा​ प्रणालीमा सहभागी बैंकहरु सेञ्चुरी कमर्सियल बैंक,सनराईज बैंक,कैलाश बिकास बैंक,एस डिभलप्मेण्ट बैंक लि,सिटिजन्स इन्टर्नेशनल बैंक लि,लक्ष्मी बैंक लि ,सानिमा बैंक लि ,सिद्धार्थ बैंक लि,एनआईसि एसिया बैंक लि,नेपाल बंगलादेश बैंक लि,कुमारी बैंक लि,देव विकास बैंक,ओम डिभलप्मेण्ट बैंक लि,नेपाल इन्भेष्टमेण्ट बैंक लि,नेपाल बैंक लि,एनएमबि बैंक लि,मेगा बैंक नेपाल लि,टुरिजम डिभलप्मेण्ट बैंक लि,यती डिभलप्मेण्ट बैंक लि,ग्लोबल आईएमई बैंक लि,बैंक अफ काठमाडौँ लि,प्राईम कमर्सियल बैंक लि,सिद्धार्थ डिभलप्मेण्ट बैंक,महालक्ष्मी विकास बैंक लि,नेपाल क्रेडीट एण्ड कर्मज बैंक लि,ज्योति विकास बैंक लि,सिभिल बैंक लि,नबिल बैंक लि,जनता बैंक नेपाल लि,माछापुछ्रे बैंक लि रहेका छन् । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री