बिहीबार, १३ वैशाख २०८१

सनराइजको शेयर निश्कासनका लागि सम्झौता

समयपोष्ट २०७३ पुष २९ गते ४:१३

सन्राइज बैंक लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको छ । 
सन्राइज बैंकले आर्थिक बर्ष ०७२/०७३ मा चुक्ता पूँजीको आधारमा १ः०.३० को अनुपातमा साबिकका शेयरधनीलाई जारी शेयर जारी गर्न लागेको हो ।

Advertisement

प्रति शेयर रु.१००/– का दरले हुने १,६३,५९,६३६ कित्ता हकप्रद शेयरको सार्वजनिक निष्काशन गर्न प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको सनराइज बैंकले जनाएको छ ।
सो नियुक्ति सम्बन्धी सम्झौता बिहिबार सम्पन्न भएको हो । संझौतामा सन्राइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा–प्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् ।
सन्राइज बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैंयाँ पुर्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री