बिहीबार, १३ वैशाख २०८१

 सिद्धार्थ बैंकको माघ २० गतेदेखि बुक क्लोज

समयपोष्ट २०७३ पुष २९ गते ४:०७

 सिद्धार्थ बैंकले सेयर दर्ता पुस्तीका बन्द (बुक क्लोज)को मिति तोकेको छ । बैंकका बुधबार बसेको सञ्चालक समितिको बैठकले बुक क्लोज गर्ने निर्णय गरेको हो । फागुन पाँच गते हुने साधारण सभाका लागि माघ २० गतेदेखि बुक क्लोजको समय तय गरेको बैंकले जनाएको छ । 

Advertisement

बैंकले फागुन पाँच गते हुने साधारण सभामा सेयर लगानीकर्ताहरुलाई वितरण गर्न लागेको ३० प्रतिशत हकप्रद सेयरको प्रस्ताव लैजाने भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाइएको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि हकप्रद सेयर लगानीकर्ताहरुलाई वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री