बिहीबार, १३ वैशाख २०८१

राजदूत रायद्वारा थेमेखोला हाइड्रोको उद्घाटन

समयपोष्ट २०७३ पुष २७ गते ३:३६

नेपालका लागि भारतीय राजदूत रणजीत रायले  सोलुखुम्बुको नाम्चेस्थित थेमेखोला लघु जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । सो आयोजना ६ सय ३० किलोवाटबाट वृद्धि गरी ९ सय ३० किलोवाट क्षमताको बनाइएको हो । यसका लागि भारत सरकारले ४४ लाख रुपैयाँ अनुदान दिएको छ ।

Advertisement

सो आयोजना निर्माण भएपछि खुम्जुङ र नाम्चेका १८ गाउँमा उज्यालो पुग्नेछ । सो आयोजना खुम्बु बिजुली कम्पनीले सञ्चालन गर्नेछ । सो आयोजना सन् २०१३ मा सुरु भई २०१५ मा निर्माण सम्पन्न भएको थियो । क्षमता वृद्धिपछि ५ सय घरपरिवार लाभान्वित हुनेछन् । नेपालको जलविद्यत् क्षेत्रको विकास तथा क्रसबोर्डर ट्रान्समिसनमा यो एउटा उदाहरण भएको भारतीय दूतावासको भनाइ छ । भारत सरकारको सहयोगमा खुम्जुङ तथा कुँडे गाउँमा खानेपानी योजना पनि निर्माणाधीन रहेको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री