मंगलबार, ११ वैशाख २०८१

फरवार्ड माइक्रोफाइनान्सको ६ लाख कित्ता साधारण सेयर जारी हुँदै

समयपोष्ट २०७३ पुष २६ गते ७:३७

फरवार्ड माइक्रोफाइनान्सको आईपिओ माघ ९ गतेदेखि खुल्ने भएको छ । कम्पनीले कुल ६ लाख कित्ता साधारण सेयर निश्कासन गर्न लागेको हो । जसमध्य ३० हजार कित्ता सामुहिक लगानी कोष,३० हजार कित्ता कर्मचारी र ५ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको छ । मंगलबार आह्वान पत्र जारी गरी कम्पनीले न्यूनतम ५० कित्ता  र अधिकतम ३ हजार कित्तासम्मको लागि आवेदन गर्न सकिने जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । आवेदन नक्साल स्थित नविल इन्भेष्टमेन्ट ,एभरेष्ट बैंकका शाखा कार्यालयहरु न्यूरोड, पुल्चोक, भक्तपुर, नयाँ बानेश्वर, लघुवित्तका सम्पूर्ण शाखा कार्यालयबाट बुझाउन सकिनेछ । उपत्यकाबाहिर भने  एभरेष्टका शाखा कार्यालयहरु पोखरा, बुटवल, चितवन, बिरगंज, जनकपुर, हेटौंडाबाट पनि आवेदन दिन सकिने छ । सुनसरीमा प्रधान कार्यालय रहेको सो लघुवित्तले राष्ट्रिय स्तरको कार्यक्षेत्र प्राप्त गरेको छ।

Advertisement

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री