
आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिम क्षेत्रमा नेकपा (एमाले) ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई समर्थन गर्ने भएको छ।
एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाका अध्यक्ष दुर्गा सोवबीच आइतबार भएको बैठकमा चुनावी सहमतिपत्रमा हस्ताक्षर भएको छ। जारी विज्ञप्तिअनुसार एमालेले प्रलोपाको चुनाव चिन्ह आँखा मै मतदान गर्ने सहमति गरेको छ।
रुकुम पश्चिमबाट प्रलोपाको तर्फबाट पूर्व गृहमन्त्री तथा पार्टीका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ उम्मेदवार छन्। उनले हालै निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराइसकेका छन्।
यसैगरी रुकुम पूर्वबाट प्रलोपाको उम्मेदवार सन्दीप पुन (शहीद सूर्यप्रकाश पुनका छोरा) छन्।









प्रतिक्रिया