गगन–विश्वमाथिको कारवाही विशेष महाधिवेशन हलबाट खारेज

नेपाली कांग्रेसको विशेष महाधिवेशनले संस्थापन पक्षबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि गरिएको निष्कासन निर्णयलाई औपचारिक रूपमा खारेज गरेको छ ।

Advertisement

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जारी गरेको वक्तव्यमा भनिएको छ, “संस्थापन पक्षले गरेको कथित निष्कासन प्रकरणलाई विशेष महाधिवेशनको हलले स्पष्ट रूपमा खारेज गरेको छ । यो कारबाही पूर्णतः पार्टी विधानविपरीत र राजनीतिक प्रतिशोधपूर्ण थियो ।”

शिवाकोटीले थपेका छन्, “कारबाहीको प्रचार र प्रोपगाण्डाबाट कसैलाई पनि विचलित हुनु हुँदैन । विशेष महाधिवेशनबाट निर्वाचित तथा अनुमोदित पार्टीको नेतृत्व र संरचना नै अब आधिकारिक तथा वैधानिक हुनेछ ।”

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री