एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

Advertisement

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जस मध्येमा चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Advertisement

पुस ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री