नेपाल एसबीआई बैंकको शाखा लुटपाट, एक जना गाडीसहित पक्राउ

सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको नेपाल एसबीआई बैंकको शाखामा साँझ लुटपाट भएको छ ।

Advertisement

लुटेराहरूले सुरक्षागार्डलाई कुटपिट गरी बैंकका कर्मचारीलाई नियन्त्रणमा लिई नगद लुटेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार साँझ करिब ७ बजे चार–पाँच जना नकाबधारी व्यक्तिहरू बैंकमा प्रवेश गरी घटना घटाएका हुन् । लुटपाटपछि उनीहरू भाग्दै गर्दा प्रयोग गरेको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रहरीका एसपी लालध्वज सुवेदीले बताएअनुसार गाडीका चालकले आफूलाई बिहेमा जाने भनेर चढाएको र अन्य कुरा थाहा नभएको बताएका छन् । तर, प्रहरीले उनको बयानबारे थप सोधपुछ गरिरहेको छ ।

स्थानीयवासीका अनुसार नकाबधारीहरूले सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारीहरूलाई बन्धक बनाई नगद लुटेर फरार भएका थिए । लुटिएको नगदको मात्रा भने खुलाइएको छैन ।

प्रहरीले लुटेराहरूको खोजी तीव्र पारेको छ भने घटनास्थलमा अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री