टी-२० विश्वकप २०२६ का लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आईसीसी पुरुष टी-२० विश्वकप २०२६ का लागि नेपाली टोली घोषणा गरेको छ।

Advertisement

रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा अलराउन्डर कुशल मल्ल स्थान बनाउन असफल भएका छन् भने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन्।

त्यस्तै, हालै नेपाली टोलीमा पुनरागमन गरेका अलराउन्डर आदिल आलम (आदिल अन्सारी) पनि अन्तिम टोलीमा अटाउन सकेनन्।

नेपाली टोली :

  • रोहित पौडेल (कप्तान)
  • दीपेन्द्र सिंह ऐरी
  • सन्दीप लामिछाने
  • कुशल भुर्तेल
  • आसिफ शेख
  • सन्दीप जोरा
  • आरिफ शेख
  • बशिर अहमद
  • सोमपाल कामी
  • करण केसी
  • नन्दन यादव
  • गुल्सन झा
  • ललित राजवंशी
  • शेर मल्ल
  • लोकेश बम
Advertisement

एनपीएलमा राम्रो प्रदर्शनका आधारमा शेर मल्लले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पाएका हुन्। यो टोलीले भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा नेपालको प्रतिनिधित्व गर्नेछ।

विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ। नेपाल समूह ‘सी’ मा रहेको छ र इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश तथा डेब्यूटेन्ट इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीका सबै लिग चरणका खेलहरू भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने तालिका रहेको छ।

नेपालले विश्वकपको यात्रा इंग्ल्याण्डविरुद्धको खेलबाट सुरु गर्नेछ। यो विश्वकपमा नेपाल लगातार दोस्रो पटक सहभागी हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री