नेप्सेमा उछाल, ६ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा बजारमा उत्साह देखिएको हो।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। आइतबार ५ अर्ब १ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार ३३५ कम्पनीका १ करोड २४ लाख ५९ हजार कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

Advertisement

बजारमा ६ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभल (१० प्रतिशत) मा कारोबार भएको छ। सर्किट लाग्ने कम्पनीहरूमा सागर डिस्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, बन्दीपुर केबलकार एण्ड टुरिजम, रु रु जलविद्युत परियोजना र बाराही हाइड्रोपावर रहेका छन्।

यसबाहेक दरमखोला हाइड्रो इनर्जीको शेयर मूल्य ९.५ प्रतिशतभन्दा बढी बढेको छ भने हिम स्टार उर्जा कम्पनी र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। घटेका कम्पनीहरूको मूल्य गिरावट भने ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स सबैभन्दा अगाडि रहेको छ। यस कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब २१ करोड र एसवाई प्यानल नेपालको १७ करोडभन्दा बढीको कारोबार भएको छ।

सबै १३ वटै उपसमूहका परिसूचक हरियो रहेका छन्। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.०५ प्रतिशतले बढेको छ। विकास बैंक र होटल तथा पर्यटन उपसमूह २ प्रतिशतभन्दा बढीले तथा जलविद्युत र लगानी उपसमूह १ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री