सुन चाँदीको भाउमा गिरावट

नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको छ ।

यससँगै आज सुनको भाउ तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको हो।

हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको थियो ।

Advertisement

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो ।

यससँगै चाँदी तोलामा ४४ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री