बिहीबार, १३ वैशाख २०८१

सिटी एक्सप्रेसको लोगो परिबर्तन, सन्दिलिपकुमारले पाए चार आना घडेरी

समयपोष्ट २०७३ पुष २१ गते १२:२४

दसैँ तिहार र छठको अवसरमा सिटी एक्सप्रेस ले ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’  उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता महोत्तरीका सन्दिलिप कुमार महतो घोषित भएका छन्। 

Advertisement

कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर उपहार योजनाको विजेता विद्युतीय गोला प्रथा मार्फत छनौट गरेको हो।  महोत्तरीस्थित लक्ष्मीनिया–७ निवासी महतोले काठमाडौं उपत्यकामा ४ आना घडेरी  जित्न सफल भएका हुन्।  सोही योजना अन्तर्गत १२ जना साप्ताहिक बिजेताहरुले १२ थान ३२ इन्च एलइडी टेलिभिजन प्राप्त गरिसकेका छन् ।

विजेताको घोषणा सँगसँगै कम्पनीले नयाँ लोगो पनि प्रयोजनमा ल्याएको जानकारी दिएको छ।  सेवा तथा सुविधामा ल्याएको परिस्कृतीकरणसंगै नयाँ लोगो प्रचलनमा ल्याएको कम्पनिले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री