शनिबार, ८ वैशाख २०८१

जगदम्बा सिमेन्टले पायो ‘उत्कृष्ठ उद्योग-२०७३’

समयपोष्ट २०७३ पुष २१ गते १२:१३

जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. भैरहवाले रुपन्देही उद्योग संघबाट ‘उत्कृष्ट उद्योग– २०७३’ सम्मान प्राप्त गरेको छ ।

Advertisement

यसअघि गुणस्तरप्रतिको लगावकै कारण जगदम्बा सिमेन्ट अन्र्तगतको शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि. ले नेपाल गुणस्तर तथा नापतौल विभागबाट लगातार २ पटकसम्म एनएस क्वालिटी अवार्ड मा लेटर अफ एप्रिएसिएसन २०१४ र १५ बाट सम्मानित भैसकेको छ । कम्पनीले कम्पनीलाई योस्थान सम्म पुर्याउन सहयोग गर्ने समस्त उपभोक्ता, ग्राहकवर्ग, डिलरवर्ग तथा सम्पूर्ण दक्ष कर्मचारी प्रति हार्दिक कृतज्ञता ब्यक्त गरेको छ । 

जगदम्बा सिमेन्टले आफ्ना दुवै उद्योग (जगदम्बा सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.) मार्फत नेपालमा पाइने सबै प्रकारका सिमेन्टहरु ओपीसी, पीपीसी र पएिससी उत्पादन एवम् त्यसको बिक्री वितरण गर्दै आएको छ । 
आम उपभोक्ताको गुणस्तरप्रतिको सजगतालाई मनन गर्दै उत्पादनदेखि उपभोगसम्मका हरेक चरणहरुमा गुणस्तरलाई केन्द्रबिन्दुमा राखी आफ्ना उत्पादन तथा सेवालाई गुणस्तरीय बनाउँदै उपभोक्तालाई विशिष्ट सेवा प्रदान गर्ने जगदम्बाको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री