शनिबार, १५ वैशाख २०८१

कसमस डेभलपमेन्ट बैंकलाई खरिद गर्ने भयो साङ्ग्रिला डेभलपमेण्ट बैंकले ,एक्वायरपछि बैंकको चुक्तापूँजी पूँजी १ अर्ब ३३ करोड रुपैयाँ पुग्ने

समयपोष्ट २०७३ पुष २० गते ८:२९

कसमस डेभलपमेन्ट बैंकलाई साङ्ग्रिला डेभलपमेण्ट बैंकले एक्वायर गर्ने भएको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा टिकिरहन कसमस डेभलपमेन्ट बैंकलाई साङ्ग्रिलाले एक्वायर गर्ने सम्झौता गरेको हो । साङ्ग्रीला राष्ट्रिय स्तरको विकास बैंक हो  । कसमस गोरखा जिल्लालाई मात्र कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको बैंक हो । साङ्ग्रिलाले कसमसलाई एक्वायर गर्ने भएपछि बुधबारबाट नेप्सेमा कसमसको कारोबार स्थगित भएको छ । हाल १ अर्ब ७ करोड ३४ लाख रुपैयाँ साङ्ग्रिला डेभलपमेण्ट बैंकको चुक्ता पूँजी रहेको छ भने गतबर्षको मुनाफाबाट  बैंकले १६.0७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरिसकेको छ । बोनस समेत जोड्दा बैंकको पूँजी एक अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै बोनस वितरण गर्न बाँकी  रहेको कसमस डेभलपमेन्ट बैंकको ९ करोड ९९ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । एक्वायरपछि साङ्ग्रिला डेभलपमेण्ट बैंकको चुक्तापूँजी पूँजी १ अर्ब ३३ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । दुई बैंकको सेयर स्वाप रेशियो भने तय हुन बाँकी रहेको छ । डिडिए रीर्पोटका आधारमा स्वाप रेशियो तय गरिनेछ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री