मंगलबार, ११ वैशाख २०८१

भित्रियो नेपाली बजारमा अमेरिकी स्मार्टफोन

समयपोष्ट २०७३ पुष २० गते ६:३७

नेपाली बजारमा अमेरिकी स्मार्टफोनको बिक्री सुरु भएको छ । मोबाइलको आधिकारिक बिक्रेता प्रिजम इन्टरप्राइजेजले अमेरिकी स्मार्टफोन इन्फोकस ६८० बिक्री सुरु गरेको हो । यस मोबाईलले फोरजी सर्पोट गर्ने  दाबी कम्पनीको छ । नयाँ स्मार्टफोनमा ५.५ इन्चको फूल एचडी डिस्प्ले, १३ मेगापिक्सेलको रियर र फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १.३ गिगा हर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग भएको यो मोबाइल आकर्षक, स्लीम र मेटल बडी छ । दुर्इ जीबी र्याम प्रयोग गरिएको यो स्मार्टफोनमा १६ जीबी आन्तरिक  मेमोरी रहेको छ । कम्पनीका अनुसार यसलार्इ ६४ जिबी सम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिन्छ । यो मोबाइलमा एन्ड्रोइड मार्सम्यालो ६.० अपोरेटिङ्ग सिस्टममा रहेको र  २६०० एमएचको ब्याट्री रहेको कम्पनीले जनाएको छ ।  यसको बजार मुल्य  १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री