
आइतबार ७६औं गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। जनवरी २६, १९५० मा भारतले संविधानलाई अंगीकार गर्दै गणतन्त्र स्थापनाको दिनको सम्झनामा यो दिवस मनाइन्छ। परेड, राजनीतिक सम्बोधन, सांस्कृतिक कार्यक्रम र समारोहहरूको आयोजनासहित भारतको ऐतिहासिकता, परम्परा र सरकारको उपस्थिति झल्काउने विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ।

यस अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गांधी, अन्य नेतागण र विभिन्न राज्यका मुख्यमन्त्री, सरकारी उच्च पदस्थ अधिकारी तथा कलाकारहरूले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै गणतन्त्र स्थापनाको स्मरण गरेका छन्।

यस वर्षको गणतन्त्र दिवस समारोहमा भारत सरकारले इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोको विशिष्ट अतिथिका रूपमा निमन्त्रण गरेको थियो। राष्ट्रपति सुबियान्तोले मुख्य समारोहलाई सम्बोधन गर्दै औपनिवेशिक युगको सुधारिएको बुलेवार्डमा आयोजित कार्यक्रमलाई महत्व दिइरहनु भएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा जारी सन्देशमा भने, “यो अवसरले हाम्रो संविधानको आदर्शको संरक्षण र बलियो तथा समृद्ध भारतको दिशामा काम गर्ने हाम्रो प्रयासलाई बलियो बनाओस्।”

समारोहमा इन्डोनेसियाली सेनाको एक टुकडी पनि सहभागी थियो। यो प्रबोवोको राष्ट्रपति बनेपछि पहिलो भारत भ्रमण हो। भारत र इन्डोनेसियाले स्वास्थ्य, सामुद्रिक सुरक्षा र डिजिटल प्रविधिमा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री मोदीले रक्षा क्षेत्रमा भारत र इन्डोनेसियाबीच सहयोग बढाउनका लागि रक्षा उत्पादन र आपूर्ति श्रृङ्खलामा मिलेर काम गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

भारतको हतियार निर्यात गत वर्ष २.६३ अर्ब अमेरिकी डलर पुग्दा, एक दशकको अवधिमा भारतको हतियार निर्यात ३० गुणा वृद्धि भएको छ।

गणतन्त्र दिवसको मुख्य समारोह देशका ऐतिहासिक र सांस्कृतिक धरोहरको प्रदर्शनीको रूपमा रहेको छ, जसमा मिसाइल प्रणाली, लडाकू जेट फ्लाइ, मोटरबाइक स्टन्ट र विभिन्न भारतीय राज्यहरूको प्रदर्शनी समावेश थियो।















प्रतिक्रिया