राष्ट्रिय बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन
राष्ट्रिय बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। सिफारिस समितिले दिएको अन्तिम दिनसम्ममा १२ जनाले आवेदन दिएका हुन्।
आवेदन दिनेहरूमा नेपाल वायुसेवा निगमका पूर्व प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलदेखि युवा स्वरोजगार कोषका पूर्व उपाध्यक्ष डा. देवराज रोका सम्मका व्यक्तिहरू छन्।
सिफारिस समितिका अनुसार आवेदन दिने अन्य व्यक्तिहरूमा कमलप्रसाद रेग्मी, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल, र विनोदकाजी श्रेष्ठ रहेका छन्।
यसअघि नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष सूर्यसाद सिलवालविरुद्ध मुद्दा दायर गरेपछि प्राधिकरणको अध्यक्ष पद रिक्त रहेको थियो।
बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले पुस २६ गते आवेदन माग गरेको थियो।
बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि निम्न योग्यता अनिवार्य गरिएको छः
शैक्षिक योग्यता:
बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर उपाधि।
कार्य अनुभव:
सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव।
उमेर सीमा:
कम्तीमा ३० वर्ष उमेर पूरा गरेको र ६५ वर्ष उमेर ननाघेको।
प्रतिक्रिया