
नेप्से परिसूचक ११.१० अंक घटेर २६५४.३५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।
३१८ स्टकको ८४ हजार ७ पटकको कारोबारमा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.४३ प्रतिशत घटेको छ। अरु १० उपसमूहको परिसूचक सामान्य घटेको हो।
तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सप्तकोशी डेभलपमेन्ट बैंक, र धौलागिरी लुघवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको साढे १९ करोडको शेयर किनबेच भएको छ।










प्रतिक्रिया