
नेप्से परिसूचक १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।
३२५ स्टकको ७२ हजार ५४० पटकको कारोबारमा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने अरु ८ उपसमूहको परिसूचक सामान्य बढेको छ।होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।
बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य १ हजार ६३९ रुपैयाँ बढेर १८ हजार २९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। सो कम्पनीको शेयरमूल्य १६४ रुपैयाँ घटेर १ हजार ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २६ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। सुपर मादी हाइड्रोपावर कम्पनीको करिब साढे २४ करोडको शेयर किनबेच भएको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।










प्रतिक्रिया