४० अर्ब रुपैयाँ खिच्दैँ राष्ट्र बैंक
समयपोष्ट
२०८१ पुष २८ गते ११:१७

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि बुधबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। यसका लागि राष्ट्र बैंकले २१ दिनको अवधिका लागि निक्षेप संकलन बोलकबोल प्रक्रिया आज दिउँसो २ बजे तोकेको छ ।
बोलकबोल गर्न सकिने रकम घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी माघ २० गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।



























प्रतिक्रिया