महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द्रलाई सहयोग

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको दमक–०९, इटाभट्टा स्थित सरस्वती माध्यमिक विद्यालयद्वारा सञ्चालित अटिजम सिकाई केन्द्रलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरेको छ। अटिजम भएका विद्यार्थीहरूको शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी बनाउन उद्देश्यले प्रदान गरिएको यस सहयोगले केन्द्रमा अध्ययनरत २४ जना विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने विश्वास लिइएको छ।

Advertisement

विद्यालयमा आयोजित विशेष कार्यक्रममार्फत महालक्ष्मी विकास बैंकको दमक शाखाले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो। कार्यक्रममा बैंकका प्रतिनिधिहरूले बैंकले सामाजिक उत्तरदायित्वका विभिन्न आयामहरूमा योगदान गर्दै आएको जानकारी गराएका थिए।

महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा र परोपकारजस्ता क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले गर्दै आएका यस्ता क्रियाकलापहरूले समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले आफ्नो मोबाइल एप्लिकेसन परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ। यो एप्लिकेसनमार्फत ग्राहकहरूलाई सहज र प्रविधिमैत्री सेवा प्रदान गर्ने बैंकको लक्ष्य रहेको छ।

महालक्ष्मी विकास बैंकले आफ्नो सामाजिक र प्राविधिक पहलहरू मार्फत ग्राहक र समुदायप्रति जिम्मेवार संस्थाको छवि निर्माण गर्दै आएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री