थप ५७ वटा हिमालको आरोहण खुला

नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला भएको छ ।

Advertisement

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो आरोहण खुला गरेको हो ।

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जारी गरेको उक्त सूचनामा पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २ को उपनियम १ बमोजिम हिमालको आरोहण खुला गरिएको उल्लेख गरिएको छ ।

यसअघि गत असोजमा सरकारले ती हिमालहरूको आरोहण खुला गर्ने निर्णय गरेको थियो । ६ हजारदेखि ६ हजार ६५ सय मिटरसम्मको उचाइ भएका यी हिमाल आरोहणको अनुमतिका लागि पर्यटन विभागले गत असारमै सिफारिस गरेर पठाएको थियो ।

यसअघि नेपालमा ४१९ हिमाल आरोहणका लागि अनुमति प्राप्त थिए । योसँगै अब अनुमतिप्राप्त हिमालको संख्या ४७६ पुगेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री