भूकम्पले त्रसित काठमाडौं, जमिनमुनि संचित ऊर्जा जोखिमपूर्ण अवस्थामा

विहानको भूकम्पले काठमाडौंसहित नेपालका विभिन्न भागका बासिन्दालाई त्रसित बनाएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएस जिओलोजिकल सर्भे)का अनुसार, तिब्बतको सिगात्सेदेखि १४ माइल नजिक केन्द्रबिन्दु बनाएर ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ।

Advertisement

नेपाली समयअनुसार विहान ६ बजेर ५० मिनेटमा महसुस गरिएको यो भूकम्पको धक्का नेपाल, भारत, भुटान, चीन, र बंगलादेशसम्म अनुभव गरिएको छ।

यूएस जिओलोजिकल सर्भेले नेपालमा लोबुचेदेखि ९० किलोमिटर उत्तरपूर्वमा यसको केन्द्रबिन्दु रहेको जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण हालसम्म आइसकेको छैन।

भूकम्प गएको ८ मिनेटपछि, त्यही क्षेत्रमा ५ दशमलव १ म्याग्निच्युडको अर्को परकम्प गएको पनि यूएस जिओलोजिकल सर्भेले जनाएको छ। यसअघि पनि बिहीबार दिउँसो १ बजेर २ मिनेटमा काठमाडौंमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो। उक्त भूकम्प सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

डिसेम्बरको तेस्रो साता बाजुराको गोत्री नजिक ५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि दर्जनौं परकम्प गएका थिए। केही वर्षअघि गएको गोरखा भूकम्प ७.८ म्याग्निच्युडको थियो, जसले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो।

Advertisement

विज्ञहरूका अनुसार, परकम्पका कारण भूगर्भीय शक्तिको सञ्चय बाहिर निस्किरहेको भए पनि काठमाडौंको जमिनमुनि संचित ऊर्जा जोखिमपूर्ण अवस्थामा रहेको छ। यो शृङ्खलाले काठमाडौंबासीलाई अझै सतर्क रहन संकेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री