एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले भोलि मङ्गलबार पनि बैठक हुने भएको छ ।

Advertisement

आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री